ईमान बेचे जवान बेचे क्रान्तिकारी भन्ने हरुले
हत्या हिम्शा संस्थागत गरे समझदारी गर्ने हरुले
देश आज जलिरहेछ अनगिन्ति लाश पोली
घर घर मा आशु दिय बिप्लाबी हौ रट्ने हरुले
डराएका मान्छे हरुलाई आफ्नो प्यादा बनाउनेले
लुट्नु सम्म देश लुटे सामन्ती भन्दै काट्ने हरुले
तराई जल्यो पाहाड खस्यो हिमाल पनी झुकी दियो
कुसासनको जग हाले जनयुद्दको नाम जप्ने हरुले
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें