पहाड जस्तो लाग्छ जीवन मलाई यस्तो लाग्छ
थोपा थोपा पग्लियर कल्ल कल्ल बगु लाग्छ !
बिहानीको सुर्यदय हिमाली सिरमा
सुनौलो घामको रंग टिपु टिपु लाग्छ
पाहाड जस्तो लाग्छ जीवन मलाई यस्तो लाग्छ !१!
,,,,,,,,
मनमा माया उर्ली आउदा रोधी घर पुग्छु
कान्छी संग हाक्पारे भाखा गुन्न गुनाउछु
पहाडको थाप्लो भरी फुल्यो जंगली फुल
पात बजाई मेरो माया खोजु खोजु लाग्छ !२!
,,,,,,,,
स्वर्ग के हो मेरो लागी नेपाल को माटो
अनकन्टार भिर को जीवन नथाकिने बाटो
नौरंगी डाफे चरी ध्यानु चर्ने खर्क
चाहिदैन मलाई अरु यहि मेरो स्वर्ग!३!
,,,,,,,,
मेरो हिमाल जस्तै अटल चन्द्र सुर्य ध्वजा
साधा फहराउन पाउ संसार को माझ
पहाड मेरो सिर भय छाती तराइ को
जहा पुगे पनी प्यारो माया नेपालको !४!
"खलानको मान्छे "
http://soundcloud.com/umesh-subba/pahad-jastai-lagcha-jeewan
जवाब देंहटाएं