रविवार, 26 फ़रवरी 2012

कहिले काही

कहिले काही ताप बड्छ किन छात्तिमा
सम्झी काटे आधा बाटो मैले जिबनमा !!
दोष मेरो पर्देसिनु भुल ठुलो ह्रैछा
तर पनी निष्ठुरी म सबको नजरमा !!
मन सक्छु आशुले अतित ती सम्झी
यस्तै भाग्य  लेखेको खोटो कर्म मा !!
चाहेर पनी त केहि गर्न सकिन नी
दोष तिम्रो सचोहोला तिम्रो नजरमा !!
मेरो भन्नु केहि छैन दुखिया यी कुरा
तड्पी तड्पी बाचेको छु मैले पल पलमा !!
गाह्रै थियो होला तिमीलाई उड्न नपाउदा
तिमि होइन परेको हु म नै पिजडामा !!
सपनाको नगर भन्छन घर देश को मान्छे
पुगी सक्नु पर्छ काममा यहा अध्यारैमा
सपना कति थिय तिम्रा लागी कान्छी
सबै सबै अधुरा भो मेरो जिबन मा
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें