केहि कुरा यस्तो हुन्छन भन्न सकिदैन
मन को कुरा मन बाट खोल्न सकिदैन
मुटु दुखी राख्छ मात्र औसधी नै हुन्न
पानी सरी आशु बग्छ रोक्न सकिदैन
केही कुरा
आगो लागे जस्तै छाती किन सल्की दिन्छ
निर्मोहिको याद गाडा भुल्न सकिदैन
एउटै बाटो हिडेको हो काहा छुट्यो साथी
जिन्दगीको पाइला अब खोज्न सकिदैन
केही कुरा
खोजि बस्छु बिहानीमा गोधुली साझ सम्म
काहा अल्पियो मन भेट्न सकिदैन
केही कुरा यस्तो हुन्छ भन्न सकिदैन
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें