सोमवार, 27 फ़रवरी 2012

सुख्ख मा त सबै होलान

सुख्ख मा त सबै होलान दुख्ख मा नै सम्झिनु है
तिम्रो लागी धुलो सरी कुल्चियर अघी बढ्नु है !
अब  रोक्ने छैन तिमीलाई पापी  कुनै तगारोले
हिड्दा हिड्दै थाक्यौ भने,पुरानो स्मृति नउगर्नु  है !!
हार्यौ भने मेरो दैलो सधै खुल्ला छ तिम्रो लागी
मेरो लागी पारिजात तुलशी हौ नभुल्नु है !!
मेरो खबर नालीय पनी,तिम्रो चाशो हुन्छ मलाइ
बुद  बुद तिम्रो आशु अनमोल छ नझार्नु  है !!
शिखर लाइ तिमीले चुम्दा फेदी मा म खुशी हुन्छु
आकाशको जुन हुदा धर्ति तिर नहेर्नु है
यो"मान्छे"त जन्म जन्म तिम्रो लागी कुरी रहन्छ
कयौ जन्म बिती सके आफ्नै मन लाइ नशोध्नु है
"खलानको मान्छे "
करिब दुइ बर्ष अगाडी मैले सधियौ को प्रेमिका गुमायाको थिय !उनीसंग को बिछोड नै
एउटा लामो प्रतीक्षा बनेर पुन नया कल्प सम्म बस्नु पर्ने नियति भै रह्यो ! म प्रतीक्षा मा
नै छु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें