शुक्रवार, 17 फ़रवरी 2012

राजु पुलिश

                                                     राजु पुलिश
कथा
"खलानको मान्छे "

छापामा मुख्य समाचार मा ठुला ठुला अक्षेर हरुमा फेरी लेखियो पुन सरुवा डी यस पी राजुको* माहानगरिय पुलिश बिट बाट सुधुर ईलाका रोल्पामा .छापाले टिप्पडी गर्यो ,दादा तस्कर र रात्रि जिबन मा हुने सबै गैर र अभैद कारोवार गर्ने हरुको सात्तो खाएका कर्तब्य निष्ट पुलिश राजुको कर्तब्य परायणताको पदक स्वरूप नारद मुनिलाई जस्तै श्राप परेको छरे *नारद मुनी एक ठाउँ मा पनी घडीको तिन घडी भन्दा बेशी बस्न सक्दैनन्  तेस्तै राजु पुलिश पनी कुनै एक ठाउ मा छ महिना भन्दा बेशी टिक्न सक्दैनन् तस्कर ,दादा र राजनीति का पण्डित बाट लखेटिनछन !उनको एक मात्र दुस्मन कानुन बिरोधि बाट तक्मा स्वरूप  सरुवा हुन्छन
 म सम्झी रहेछु राजु पुलिश लाई हो तिनै खेल मण्डली को नायक राजुलाई !
  हुलाक घर को चोकमा गाउका सबै केटा केटि हरु साझ परे पक्षी भेला हुन हतारिन्छन तेशोत सबैले आ-आफ्नो गृहकार्य सकी  छिटो भन्दा छिटो भेला हुन तछाड मछाड हुन्छ ! सबैलाई खेल मण्डली को नायक राजुको उर्दी छ जसले गृहकार्य नसकी
हुलाक छिर्छ  उसलाई कुनै पनी खेल वा तेहा सुनाउने कथामा कथा सुन्न र खेल्न बाट वन्चित गरिने छ जसले गृहकार्य मा देखियको समस्या सोध्छ तेस्लाई पुरस्कार स्वरूप पिपला गेडी दिइने छ !पिपल गेडीकोआशाले सबैले कहीं केहि स्वाधी रहन्छन
राजु बताई रहन्छ सबैलाई हिशाब बिज्ञान अंग्रेजी ,,,,,,,!
  यो प्राकृतिक पाठशाला मा राजु देश लाई माया गर्ने हरु इश्वोर को सेवक बन्छ भनी आफ्नो कथामा मुसे भाइ को देसप्रेम बि पी को प्रजातन्त्र र मेल मिलाप, गजे घले को युद्द कौसल ! यो डबली मा राजुले धेरै चोटी सुनाएको कथा हो !भानु त यहा साना
नानी लाई रातो अबिर को टिका होइन माटो को टिका लगाउन प्रेरणा गर्छन राजु र सधै भन्छन आमा र माटो दुवै उस्तै हुन् !जस्ले आमा माटो र गाइ को सेवा गर्छ त्यो सत्ते मान्छे नै स्वर्ग को अधिकारी हुन्छ भन्दै कथा सुन्ने लाई सुनको माला दिदै
फुल को माला पैरन्छन्न राजु !
 राजु अनौठाका छन् !हिरो जस्तो सर्ब गुण सम्पन्न !उनको एउटै सपना छ पुलिश बन्ने !उसलाई कोहिले पुलिश भन्दा आनन्द मान्छ भन्छ पुलिश हरु सिबका गण सरह हुन् जो सिबका गण भयर पृथ्बी मा रहन चाहन्छ तेस्ले नै पुलिश
हुने सौभाग्य पाउदछ ! जसरी सिबका गण हरुले सम्पूर्ण प्रकृति लाई स्वचालित बनाइ प्रकृति का निधिलाई उचित संचालन गर्न एक आपशामा आश्रित बनाई मिलाएको छ !जस्तो कुनै मौरीको घार मा सबै आ-आफ्नो कर्ममा आनन्दीत
छन् तेस्तै एउटा पुलिश ले राष्ट्र लाई सम्पूर्ण रुपमा क्रियासिल बनाउन प्रेरणा र मद्दत गर्छ !कुनै घटना तेतिकै घट्दैन घटना घट्नु को कारण र उद्देश्य हुन्छ !त्यो कारण र उद्देश्य पत्ता लगाउनु नै इमान्दार पुलिश को पहिलो कर्तब्य हो !
  प्रकृति मा कुन ठाउँ मा के कारण ले किन प्रकोप परेको छ बिज्ञान को लागी त्यो चुनौती हो तर ति सबै घटना र प्रकोप लाई प्रकृति ले आफ्नो वातावरणमा आत्मासाथ गरेर मिलाई सके पक्षी जसरी प्रकृति रहस्य मई भै जिबन र जगत
को संपुरणता मा लय भई दिन्छ !जसरी प्रकृतिले ध्वंसको हरेक घटना लाई आफ्नो वातावरण को असर अनुसार आफुलाई ढाली सबै प्राणी लाई ढल्न मद्दत गर्छ !तेस्तै इमान्दार पुलिशले समाजमा घट्ने प्रत्यक घटना अनुसार आफु लाई
ढल्न र चुस्त अनुसन्धान गर्न सक्नु पर्छ !जीवन अनन्त छ तर हरेक घटना रहस्यको गर्भ बाट बाहिर निक्लदा आर्कै सत्ते बोकी निक्लन्छ !साना नानीहरु लाई हुलाक घर को डवलिमा यसरि नै पुलिश को कर्तब्य छेत्र बारे बताउने गर्छ !
सत्ते अटल छ !अटल सत्ते लाई कुनै झुटले पनी ढाक्न सक्दैन सत्तेको मार्गमा हिड्न कठिन छ तर सत्तेको पथ नै जीवन को सार अर्थ भनी साना नानि हरुलाई सत्तेको पथमा हिड्ने यात्री हरुको कथा सुनाउदछ !
 डबली को कुनै बाचा बच्चीले स्कुल मा कुनै गडबडी गरे को कुरा थाहा पाय राजुले प्रेम ले सम्झाई सुध्रने मौका दिदै गल्तिको प्रयास्चित नै समुहले दिने पूर्ण सजाए भनी समुहगत बहिस्कार स्वरूप त्यो दिनको खेल र कथा सुन्न बाट बन्चित गर्छन
प्रकृति संग मानवले बिद्रोह गर्न सक्दैन जसले प्रकृति संग बिद्रोह गर्न खोज्छ त्यो पराजित भै घुडा टेक्न पुग्छ ! मान्छेले जसरी प्रकृति ले बनाएको बिधान लाइ स्विकारी प्रकृतिको गुण रहस्यमा उपासना गर्छ प्रकृति ले पनि मान्छेलाई उसको आवस्यकता
लाइ पूर्ण गर्दै आफ्नो गर्भमा आश्रय दिन्छिन त्यस्तै देश को कानुन ले सबै मान्छेलाई बराबरी अवसर दिन   प्रतिष्पर्दा  र छेमताको तराजुमा राखी सत्ते न्याय संगत बराबरी अवसर दिन्छ व्यक्ति ठुलो होइन देस को कानुन र राज्यले निर्माण गरेको ब्यबस्ता
र ब्यबस्था चलाउने मार्ग सिदान्त हो ! यदि राज्यले सानो ठुलो धनि गरिब सबैलाई बराबरी अवसर दिन्छ भने हरेक मान्छेको दाइत्व पनि राज्य प्रति उत्तिकै हुनु पर्छ !राज्यले आफ्नो नागरिक को रक्षा गर्न र नागरिक लाइ सवाल आत्मा निर्भर बनाउने का -
ममा खेलेको भूमिका हामीले ततकाल नदेखेपनि त्यो भूमिका नै हामीले आफु भनेर चिनिने गर्भ गर्ने माध्यम हो !
 जसले तन मन बचन ले देस को कानुन लाइ स्वीकार गर्न सक्दैन त्यस्ता बिद्रोही हरुले देश मा सान्ति खल्लबल्यौने चेष्टा गरि रहन्छन जसरी मौरीको घर मा सबै मौरी ले आफ्नो कर्तब्य पालना गरेर आपनो घर मा महको भण्डार बनाउने  राख्ने संग्कल्पले
टाडा टाडा सम्म पुगी फुल को रस बाट महको बुद् बुद् जम्मा गरेर सबैलाई खुवाउछ त्यस्तै राज्यले सबै संग कर उठाई विभिन्न छेत्र मा निर्माण र लगानी गर्छ देश मौरीको घर हो भनेर सम्झाउने राजु जनता लाई कर्मी मौरी भनी साना नानीलाई सिकाउछ
   नागरिक को कर्तब्य श्रीफ कर तिर्नु मात्र होइन .नागरिक को कर्तब्य देश को कानुन ले व्यवस्था गरेको प्रत्यक कुरा हरु लाइ उचित प्रयोग गर्नु हो र ति ब्यबस्था को ब्यबस्थापन गर्ने हरेक निकाए ले सहयोग मागे सहयोग गरि राज्यमा प्रेम र सहिशुणता
साथ बस्नु पनि हो यो नै मेल मिलाप हो !जस्तो कुनै ठाउँ मा कुनै घटना भयो भने त्यो घटनाको जानकारी पुलिशलाई दिनु पर्छ पुलिश ले त्यो बारेमा छन् बिन गरि मुचुल्का बनाउछ तो मुचुल्का भित्र नै उसले गर्नु पर्ने अनुसन्धान को बारेमा लेखि अनुस
न्धान अधिकृत लाइ सहयोग गरि रहेको हुन्छ उसले स्वधने बार बार एउटै  प्रश्न ले मान्छे हरु झिजो मान्न सक्लान तर त्यो प्रश्न भित्र गुण रहश्य भरियाको हुन्छ घटनाको प्राकृतिक सर्बेक्षेण ले घटनाको जरा सम्म पुर्याउछ त्यसैले गाउमा कुनै घटना घट्न
गे त्यस्तो ठाउमा छुन नहुने कुरा सम्झाउछ सरल तरिकाले र घटना भयको देखेमा प्रहरी लाइ घटना को बारे सम्पुण जानकारी दिनु पर्ने कुरा सिकाउछ राजु !
 यस्तो थियो राजुको गाउले जिबन !मन ले सत्ते सेवा सुरक्षा जपेको राजुको चद्दो जवानी .
आज छापामा तिनै राजुको खबर सुन्दा मन रोमान्चित भइ भेट्ने अभिलाषा जागेर आयो दौडियर उनको सम्पर्क मा पुग्न मन लाग्यो तर एक मनले फेरी स्वाचे उनको आफ्नै कर्म मा हतार होला के राजुले हुलाक घर को डबली सम्झेलन र यो हतार
परिबेशमा ? मन दुबिधामा अल्झियाको थियो छापाको अन्तिम लाइन मा आखापुगेर टक्क अडियो आउदो सनिवार नै राजु सहर छोडेर रोल्पा जादैछन उनको बिदाइ को पुर्ब जानकारी पनि राखियको थियो ,,,,,,,,,,!
    माहनागरिय साखा कार्यालय को प्राङगड मा सर्ब साधारण को भिड लागेको छ हात मा फुल लियर बिदाइ गर्ने हरु ,पत्रकार ,र स्थानीय बाशी ,समाजका भद्र भलाद्मी ,सबै भन्दै छन् राम्रो मान्छे लाई कतै चैन छैन ,,,,,,
रातो अबिर लगाएर राजु निक्लिदै थिय इमान्दार पुलिश हरु न्याउरो मुख लगाई बसेका थिय कोहि हसिला पनि देखिन्थे पुलिश गेटैमा बशेका सर्ब साधारण ले प्रेम गर्दै पुल दिदै कर्तव्यको पथमा अविचल भइ रहने आशिष दिदै थिय त्यतिकै मा पत्राचार
हरुको भिड ले प्रश्न को बर्षा गर्न शुरु गरे ,,,,,!!!!!!!
राजु हासेर यो सरुवा होइन मेरो लागि कर्तब्य को मेडल हो भनी तितो व्यंग्य गर्दै जहा भय पनि अपराधि हरु लाइ सजाय दिने र कानुन को दायरामा आफ्नो कर्तब्य गरि रहने कुरा दोहाराए .भिड का पत्रकार लाइ मलाइ प्रश्न गर्नु भन्दा सम्बन्धित निकाय
लाइ प्रश्न गर्ने सल्लाहा दिदै भिड बाट क्रमश  टाडा टाडा हुदै गया सहरका मान्छे हरुले केहि दिन राजुको चर्चा चिया गफ मा गरे पुन सहर आफ्नै धुन मा ब्यस्त रह्यो ,,,! राजु हरु इमान्दारिताको जातोमा पिशिदै गया ,,,,.!
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें