रविवार, 26 फ़रवरी 2012

खाली सिउदो रित्ते मन

खाली सिउदो रित्ते मन पर्खी बशेको धेरै भयो झन्
फर्कन्छु छिट्टै भन्ने निठुरी,पर्खेरै बित्यो बैशयो  झन् !१!
गाउका संगी दौतरी छुटे,पधेरा रोधी मेलापात छुटे
एक्लो जिबन निसार बाच्दै,पर्खदै बितेछ समय झन !२!
कतिले माग्न नाआका होइन,रानी बनाइ राख्छु नभनेका होइनन
हृदय मेरो तिमीलाई दिदा फुलाझै जिबन ओइलियो झन !३!
फर्केर आऊ परदेशी प्यारा,छाडेर आऊ सपना सारा
देउ तिम्रो दुख्खका रात,बनाउछु नब  बिहानियो झन् !४!
तिम्रो साथ पाउनलाई मैले संसारै त्यागे रोयर झन्
तिमि बिनाको बिहानी मलाइ सधै मध्येरात भयो झन् !५!
सम्झेका छौ कि भुलेका छु संका के गरु है प्यारा
धड्कन ले तिम्रो गित गाउछ स्वास मा बाशी गयौ झन् !६!
खाली सिउदो ,,,,,,,,,
"खलानको मान्छे "
पुरानो डायरी बाट विन्दिया गित संग्रह को लागी लेखियको यो गजल
२००५ ,२ १७
फयान्ग्फोत जर्मनी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें