शुक्रवार, 24 फ़रवरी 2012

कथा मिठो सारंगीको

कथा मिठो सारंगीको
भाखा मिठो हाक्पारेको
दोहारी घर मा राजी
टिउ,टिउ मुर्छनाको
नाच्ने मन घुमी घुमी
तल मिठो डम्फुको !
सोरठी मा गुमी नाचौ
रोधी बस्ने जवानीको
पानी मिठो धाराको
फुल राम्रो भिर पाखाको
मायालुले मुस्कौदा
मारुनी भै नाचेको
वाल पनको खेल मिठो
दुलाहा दुलही बनेको
जीवन धारा बगिराने
याद मिठो गाउ घरको
दसैँ तिहार चाड वाड
कुरा  मिठो दुनियाको
घर को माया कति धेरै
दुख्ख मिठो आफ्नै घरको
कथा मिठो सारंगी को
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें