रविवार, 26 फ़रवरी 2012

जो चोखा छन् त्यो योग्य छैनन यहा

जो चोखा छन् त्यो योग्य छैनन  यहा
जो योग्य छन ति चोखा छैनन यहा !१!
भिजिलान्ते हरु समेटेर हुन्छ नै के
देश लुत्नेको राष्ट्रबादी भाषण छन् यहा !२!
मर्ने मरी सके तर मार्ने आजात छन् र पो
मर्न बाट बाचेका पनी चेपिदै छन् यहा !३!
एउटै मुटु नेपालीको टुक्रा बनायर
हिमाल तराइ पाहाड छुतिउ भन्छन यहा !४!
नेपाल आमा बिहल मा छिन तेरो मेरो भन्दा
नेपालीले नेपाललाई भन्दा जाति ठुलो भने यहा !५!
मेरो त हजुर मन नै नेपाली हु पहाडे भोटे मधेशे म
माटोको टिका लगाउन देउ चैहिदैन यहा !६!
योग्य खोजुकी चोखो खोज्दै छु नेपाल जप्ने
नेपाल नेपाली माटोलाई भनि बकिछा उत्सर्ग गर्न यहा !७!
पसिनाको रोटि ले आधापेट भरी
बरु नाच्न देउ बजाई डम्फु टुगुना यहा !८!
मलाइ नेपाली भाखा मा राम्नुछ सधैनै यहा
मलाइ नेपाली मायामा बच्नुछ सधैनै यहा
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें